जापानमा रहेका कर्णालीवासी संगठित

काठमाडौं – जापानको ओकिनावामा बसोबास गर्ने कर्णाली वासीहरु संगठित भएका छन । कर्णाली प्रदेशका १० जिल्लाबाट जापान पुगेका युवाहरु संगठित भएका हुन ।

‘कर्णाली प्रदशको शान, प्रवासी भु्मिमा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ ‘कर्णाली प्रदेश समाज जापान ओकिनावा’ गठन भएको हो । समाजको अध्यक्षमा कालिकोट स्थायी घर भएका भिम न्यौपाने निर्बिरोध निर्वाचित भएका छन । न्यौपानेको अध्यक्षतामा १० सदस्यीय कमिटी निमार्ण गरिएको छ ।

पछिल्लो समय कर्णाली प्रदेशबाट जापान आएर विभिन्न सहरमा बसोबास गर्ने कर्णाली बासिहरुको संगठन विस्तार गर्न लागिएको हो । त्यसको सुरुवात ओकिनावाबाट भएको जापानबाट रमेश न्यौपानेले बताएका छन ।

समाजले जापान भित्र मात्र नभएर नेपालमा आउने हरेक समस्याहरुलालाई पनि सहयोग गर्ने उद्येश्यका लिएको न्यौपानेले बताए । काम तथा अध्ययनको शिलसिलामा जापान पुगेका कर्णालीबासीहरुलाई सहयोग गर्ने मूख्य उद्येश्य रहेको उनको भनाई छ ।