चन्द्र ढकाललाई ‘साढे सात’को दशा !

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । साउन २६ र २७ गते काठमाडौंमा गर्ने भनिएको साधारणसभा सरकारले सभा–सम्मेलन गर्न प्रतिबन्ध लगाएपछि स्थगित गरिएको थियो ।
साउन ८ गते महासंघकी अध्यक्ष भवानी राणाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले महासंघको ५४ औं बार्षिक साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको हो । सो बैंठकमा पूर्वअध्यक्षहरूको सहभागितासमेत रहेको थियो ।
सरकारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी साउन ५ गते सोमवारको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट अर्को निर्णय नभएसम्मका लागि कुनैपनि प्रकारको सभा/सम्मेलन/भेला आयोजना गर्न प्रतिवन्ध लगाने निर्णय गरेकाले साउन २६ र २७ गतेका लागि निर्धारित साधारणसभा सरकारले सभा/सम्मेलन/भेला गर्न स्वीकृति दिएको १५ दिन भित्र आयोजना गर्ने निर्णय गरेको थियो । सो निर्णय बरिष्ठ उपाध्यक्षका उमेद्वार चन्द्र ढकालका लागि ‘साढे सात’को दशा बनेको छ ।
ढकाल जसरी पनि चुनाव जित्ने भन्दै साउन २६ र २७ गतेका लागि साम, दाम, द्वन्द, भेदको नीति लिएर आक्रामक तयारीमा जुटेका थिए । साधारणसभाको मिति सरेसँगै उनको यो तयारी बालुवामा पानी खन्याय सरह भएको छ । उसो त उनले तयारी २०७६ को दशैंपछि बाट थालिसकेका थिए ।
महासंघको साधारणसभामा हुने निर्वाचनका लागि उनले ग्लोबल आइएमई बैंकको करोडौं रुपैयाँ दुरुपयोग पनि गरेका थिए । चुनावमा आफूलाई सहयोग गर्ने सर्तसहित गएको हिउँदमा आफू निकटमा जिल्ला स्थिति उद्योग बाणिज्य संघलाई आर्थिक सहयोग गरेका थिए । मेला महोत्सको नाममा उनले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको बजेट खर्च गरेका थिए । त्यहीवेला बैंकको करिव ३ करोड ७७ लाख रुपैयाँ खर्च भएको थियो । यो कुरा बाहिरिएपछि ढकाललाई सहयोग नगर्न पक्षमा उनका निकटस्थहरु पुगेका छन ।
उनले सोही मितिको साधारण सभाका लागि भनेर बाहिर जिल्लाबाट आफ्नो मतदाताहरुलाई काठमाडौं ओसारी सकेका थिए । उनीहरुको खानबस्नका लागि सम्पूर्ण व्यवस्था ढकाल आफैले गरेका थियो । त्यही भएर साउन ८ गतेको महासंघ पदाधिकारी बैठकमा ढकालले तोकिएकै मितिमा जसरी पनि निर्वाचन गर्न पर्ने माग गरेका थिए ।
असोज भन्दा अगाडि निर्वाचन लडेको खण्डमा विजयी हुने मनोबलका कारण ढकालले महासंघसँग यस्तो माग गरेका थिए । अहिले ढकाललाई महासंघको निर्वाचन गलपासो भएका छ । बरिष्ठ उपाध्यक्षमा निर्वाचन जित्ने आसमा ठूलो लगानी गरिसकेकाले पनि चुनाव सार्न नहुने पक्षमा थिए ढकाल । महासंघको विद्यानमा बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतह अध्यक्ष हुने प्रावधानका कारण बरिष्ठ उपाध्यक्षहरुको भिडण्त रोचक हुने गरेको छ ।
उनले निर्वाचन छिटो होस् भन्नुको अर्को महत्वपूर्ण कारण पनि छ । उनी प्राय काम गर्दा जोतिषलाई देखायर श्री गणेश गर्दछन । यो पटक पनि निर्वाचनको बारेमा जोतिष कहाँ गएर चिना देखाएका थिए । जोतिषले असोज भन्दा अगाडि निर्वाचन भएको खण्डमा विजयी हुन सकिने सुझाव दिएका थिए । त्यहीअनुसार उनले तयारी गरेका थिए । महासंघलाई जतिसक्दो चाँडो निर्वाचन गराउन दवाव दिनु अर्को कारण यो पनि हो ।
जोतिषले असोज महिनामा ढकालका लागि अशुभ रहेको र त्योभन्दा अघि नै निर्वाचन भएको खण्डमा विजयी हुनुसक्ने पक्कापक्की गरेका थिए । तर अब त्यो समय घर्किन केही दिन मात्र बाँकी छ । यस्तै अवस्था रहिरहे महासंघको निर्वाचन असोजमा हुनेछ ।
महासंघले साधारण सभा र निर्वाचनको कार्यलाई के कसरी अगाडी बढाउने भन्ने सम्बन्धमा ढाँचा तथा प्रक्रिया तयार पार्न साउन २१ गते ६ सदस्यीय समिति गठन भएको थियो ।
गएको साउन २१ गतेसम्पन्न महासंघको कार्यकारिणी समितिको १७ औं बैठकले कार्यकारिणी समितिका ६ सदस्य सम्मिलित समिति गठन गरेको थियो । समितिलाई नेपाल सरकारका सम्बन्धित मन्त्रालय, निकायहरू, स्वास्थ्य सम्बन्धी विज्ञहरूका साथै सरोकारवाला सबैसँग छलफल गरी प्रतिवेदन तयार पार्ने कार्यदेश थियो ।
सोही अनुसार समितिले प्रतिवेदन तयार पारी अध्यक्ष राणालाई हस्तान्तरण गरिसकेको छ । प्रतिवेदनमा वार्षिक साधारण सभाको हकमा समुद्घाटन, बन्दशत्र र समापन कार्यक्रम भर्चुअल माध्ययमबाट गर्ने तथा निर्वाचनको हकमा स्वास्थ्यका सम्पूर्ण प्रोटोकल एवं सरकारका स्वास्थ्य निर्देशनहरू पालना गरी गर्न सकिने सुझाव दिएका छ ।
यदी यो प्रतिवेदन कार्यन्वयन भएको खण्डमा असोजमा साधारणसभा हुने सम्भावना बलियो छ । जोतिषको भनाई र साधारणसभाको मिति मिलेमा ढकालेको मनोवल कमजोर हुने देखिन्छ । तर ढकाल त्यति कमजोर भने छैनन् । उनी निर्वाचनमा आफूसँग भएको सम्पूर्ण शक्तिको प्रयोग या दुरुपयोग गरेर परिणाम आफ्नो पक्षमा पार्ने ध्याउन्नमा छन ।
अहिले पनि आफू अध्यक्ष रहेको ग्लोबल आइएमई बैंकका कर्मचारीलाई चुनाव प्रचार प्रसार समितिको सचिवालयमा राखेर गैरकानुनी रुपमा काममा खटाइरहेका छन । मिडियामा राम्रो सम्बन्ध भएका र बैंकको ब्राण्डिङ, मार्केटिङमा काम गरेका कर्मचारीको दुरुपयोग गरेर केही समयका लागि आफ्नो सचिवालयमा राखेका छन । यता बैंकमा भने जुनियर कर्मचारीलाई जिम्मेवारी दिइएर बैंकको काम प्रभावित गरिएको छ ।
यो पनि पढ्नुहोस्