रिलायन्स लाइफमा खरिदकर्ताको चाप उच्च, बिक्रीकर्ता शून्य

काठमाडौं – आजदेखि शेयर कारोबार सुरु भएको रिलायन्स लाइफको शेयर कारोबारमा खरिदकर्ताको उच्च चाप देखिएको छ ।
सोमबार नेप्से सुचिकृत भइ आजदेखि उक्त कम्पनीको शेयर कारोबार सुरु भएको थियो । पहिलो कारोबारको दिनमै उक्त कम्पनीको शेयर खरिद गर्न चाहाने लगानीकर्ताको चाप बढी छ ।
तर, बिक्री गर्न चाहाने लगानीकर्ताको अवस्था शुन्य छ । नेप्सेको मार्केट डेप्थअनुसार हालसम्म २० लाख ६५ हजार ८६० कित्ता शेयर खरिदका लागि अडर आएको छ । तर बिक्रीमा रहेको शेयर शुन्य छ ।