फेरी घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा तीन सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ८०० रूपैयाँ कायम भएको छ । नेपाली बजारमा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ सयले घटेको हो ।
त्यस्तै तेजाबी सुनको मूल्य ९५ हजार ३०० रूपैयाँ छ। चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज एक हजार ३१० रूपैयाँ तोकिएको छ।