सिभिल लघुवित्तको हकप्रद सेयर भर्नुभयो ? छैन भने छिटो गर्नुहोस्, म्याद सकिन लाग्यो

काठमाडौं – सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडले हकप्रद सेयरको निष्काशन तथा विक्री खुल्ला गरेको छ । सिभिल लघुवित्तको २०७७ साल असार १४ गतेसम्म कायम सेयर धनीहरुले १ः१ रेसियोमा हकप्रद भर्न पाउने छन ।

हकप्रद भदौ २९ गतेसम्म भर्न सकिने कम्पनीले जनाएको छ । लघुवित्तको विक्रि प्रबन्धक सेन्चुरी क्यापिटल मार्केटका अनुसार बुक क्लोजको अघिल्लो दिनसम्म कार्य सेयर धनीहरुले १ः१ रेसियोमा न्युनतम प्रिमियम १०० रुपैयाँमा आवेदन दिन सकिने छ ।

हकप्रदको आवेदन सेन्चुरी क्यापिटल मार्केटको कार्यलय कमलादी, सिभिल क्यापिटल मार्केट सुन्धारा, सिभिल लघुवित्तको कार्यालय, सेन्चुरी कर्मसियल बैंकका तोकिएका शाखाहरु र नेपाल धितोपत्र बोर्डले स्वीकृत प्राप्त गरेका (सि आश्वा) सम्पूण बैंक तथा वित्तिय संस्थाहरुबाट दिन सकिने कम्पनीले जनाएको छ ।