आजबाट रिलायन्स लाइफको शेयर कारोबार हुँदै

काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । हिजो कम्पनीको २ करोड १० लाख कित्ता शेयर सूचीकृत भएको हो ।

सेयर सूचीकृत भएसंगै आजदेखि कम्पनीको शेयर कारोबार सुरु हुने छ । कम्पनीको सुरुवाती कारोबारको लागि नेप्सेले १०७.५९ देखि ३२२.७७ सम्मको सुरुवाती रेन्ज तोकेको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको कारोबार तोक्ने गरेको छ ।

कम्पनीले हालै ६३ लाख कित्ता आईपिओ निष्काशन गरेको थियो ।