महिला लघुवित्तले आईपीओ आउँदै

काठमाडौं – महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले बिक्रि प्रबन्धकमा चयन गरेर प्रक्रिया सुरु गरेको छ ।
कम्पनीले आर्इपीओको निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नियु्क्त गरेको छ । सम्झौतामा मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र लघुवित्त संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर आईपिओ निष्काशन गर्न लागेको हो । कम्पनीको केन्द्रीय कार्यालय काभ्रेमा रहेको छ ।