रिदी हाइड्रोपावरमा लगानीकर्ताको भिड ?

काठमाडौं – रिदी हाइड्रोपावर लिमिटेडको सेयरमा लगानीकर्ताको भिड लागेको छ । सोमबार कम्पनीको सेयर २ रुपैयाँले घटेर १०१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । उक्त कम्पनीको सेयर किन्न लगानीकर्ताहरु बजार खुलेदेखि नै तछाडमछाड गरिरहेका थिए ।
कम्पनीको सेयर सस्तोमा रहेको र उच्च प्रतिफल दिने भएपछि लगानीकर्ताको चाप बढेको हो । सोमबार ३८ हजार कित्ता किन्नका लागि लगानीकर्ता लाइनमा थिए भने २२ हजार कित्ता वेच्च राखिएको थियो । सोमबार कम्पनीको ६९ हजार १ सय ६६ कित्ता किनवेच भएको थियो ।
आर्थिक बर्ष २०७६÷७७ मा १५१.६८ प्रतिशत बढि नाफा बढाएको यो कम्पनीले विद्युत बेचेर मात्र २ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । योसँगै कम्पनीले आर्थिक बर्ष २०७५÷७६ को नाफबाट बोनस सेयरसमेत दिने उद्घोष गरेकाले लगानीकर्ताको आक्रषण बढेको हो । कम्पनीले सो आर्थिक बर्षको नाफबाट ५ प्रतिशत बोनस सेयर दिने र ०.२६ प्रतिशत क्यास वितरण गर्ने जनाएको थियो । त्यही भएर यो कम्पनीको सेयर किन्नमा लागनीकर्ता आक्रषण देखिएको हो ।