आरएमडीसी लघुवित्तको लाभांश घोषणा, बोनस सेयर दिने

काठमाडौं – आरएमडीसी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७५÷७६ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४ सय २५ रहेको छ ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।