पहिलो घण्टामा २.४७ अंकले घट्यो नेप्से

काठमाडौं – सोमवार नेप्से कारोबार भएको पहिलो घण्टामा २ दशमलव ४७ अंकले घटेको छ । १ हजार ५०३ दशमलव ३८ विन्दुबाट शुरु भएको बजार कारोबारको यस अवधिमा शून्य दशमलव १६ प्रतिशत घटेर १ हजार ४९७ दशमलव ५१ विन्दुमा पुगेको छ ।

पहिलो घण्टाको अवधिमा १७० ओटा कम्पनीको ८ हजार ३६ पटकको कारोबारमा १६ लाख ३६ हजार ३०३ कित्ता शेयरको रू। ५८ करोड ७३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये ५ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ ।

कारोबारको दोस्रो घण्टामा उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९१ प्रतिशत वृद्धि भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। ९ करोड ७८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। ८७२ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा एनएमबि बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू। २५० मा रू। ८ करोड ८२ लाख बराबरको संस्थापक शेयरको खरीदविक्री भएको छ ।