कति छ आजको सुनको भाउ ?

काठमाडौं – नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज पनि आइतबारको मुल्यमा नै सुनचाँदीको कारोबार भइरहेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९६ हजार १०० रूपैयाँ कायम छ। नेपाली बजारमा छापावाल सुनको मूल्य हिजो पनि त्यति नै थियो।

त्यस्तै तेजाबी सुनको मूल्य हिजोकै जति ९५ हजार ४०० रूपैयाँ छ।

चाँदीको भाउ पनि आज स्थिर छ। चाँदीको भाउ एक हजार ३२० रूपैयाँ तोकिएको छ।