नेप्सेमा सूचीकृत हुँदै रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर, कति छ ओपनिङ रेन्ज ?

काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर आजै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने भएको छ।

नेप्सेका अनुसार आजै शेयर सूचीकरण सम्बन्धि सम्झौता हुँदैछ। सम्झौता भएपछि आजै सूचीकृत हुनेछ भने कम्पनीको शेयर सम्भवत बुधबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ।

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ भने शेयरधनीको खातामा आइसकेको छ। इन्स्योरेन्सको शेयर आरएलआई संकेतमा शेयरधनीहरुको डिम्याट आएको हो।

कम्पनीको पहिलो कारोबारको लागि न्यूनतम प्रतिकित्ता १०७ रुपैयाँदेखि अधिकतम ३२२ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने सक्ने देखिन्छ।

पहिलो कारोबारको लागि कम्पनीको किताबी मूल्यको तीन गुणासम्म ओपनिङ्ग रेञ्ज पाउने गर्दछ। आर्थिक वर्ष २०७६/७७ असार मसान्तसम्मको कम्पनीको किताबी मूल्य १०७ रुपैयाँ ५९ पैसा रहेको छ। सोही अनुसार कम्पनीको ओपनिङ्ग रेञ्ज निर्धारण हुनेछ।