ठूला लगानीकर्ताको बदमासीले सेयर बजार प्रभावित

काठमाडौं – ठूलो लागनीकर्ताको बदमासीका कारण आइतबार सेयर बजार प्रभावित भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनपछि बजार बढ्ने हल्ला फैलाएर सेयर उठाएका लगानीकर्ता सस्चोमा सेयर बेच्दा बजार घटेको छ ।

आइतबार नेप्सेमा १०.४५ अंकले गिरावट आएको छ । खतिवडा हटेपछि बजार सुधार हुने आशामा शेयर किनेकाहरु आज अचम्ममा परेका छन्। हल्लाका पछाडि कुदेका लगानीकर्ताहरुको मनोविज्ञान आइतबार बजार सुधार हुने भन्ने थियो।

तर हल्ला फैलाउदै शेयर उठाएकाहरुले बेच्न थालेपछि बजार उल्टै घटेको हो। हल्लै हल्लाले विगत तीन महिनामा शेयर बजार ३०० अंकभन्दा धेरैले सुधार भएको थियो। खतिवडाले शुक्रबार नै राजीनामा दिएका छन्।