रु रु जलविद्युत परियोजनको आईपीओ आउँदै

काठमाडौं – रु रु जलविद्युत परियोजन लिमिटेडको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ८ लाख १५ हजार ४ सय ११ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
८ लाख १५ हजार ४ सय ११ कित्तामध्ये ५० प्रतिशत आयोजना प्रभावित क्षेत्रका जनतालाई वितरण गरिने छ भने बाँकी रहेको ४ लाख ७ हजार ७ सय ५ कित्ता सर्वसाधारणलाई वितरण गरिने छ ।
सर्वसाधारणले सेयर खरिद गर्दा २० प्रतिशत प्रिमियम थपेर खरिद गर्न पर्ने कम्पनीले जनाएको छ । त्यसो हुँदा सर्वसाधारणले रु रु जलविद्युत आयोजनाको आइैपीओ खरिद गर्न १ सय २० रुपैयाँ खर्च गर्न पर्ने हुन्छ ।
आईसीआरए नेपालले रु रु जलविद्युत आयोजनाको आईपीओ ग्रेड ३ दिएको छ ।