अर्थमन्त्रालय डा. खतिवडाले नै चलाउने !

काठमाडौं – अर्थमन्त्रालय निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले नै चलाउने भएका छन । शुक्रबार राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्रीले अर्थ विज्ञका रुपमा नियुक्ती गरेर अर्थमन्त्रालयको काम गर्न दिने भएका हुन ।

सांसद नभएको ब्यक्ति ६ महिनाभन्दा धेरै समय मन्त्री बन्न नपाउने संबैधानिक व्यवस्थाका कारण आफ्नो कार्यकाल सकिन १ दिन अगाडी खतिवडाले राजीनामा दिएका थिए । उनले राजीनामा दिएपनि उक्त मन्त्रालय खतिवडाले नै अप्रत्यक्ष रुपमा चलाउने भएका हुन ।

उनले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैले हेर्ने भएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री खतिवडाले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यलयले जनाएको छ।

खतिवडा सहभागी अन्तिम मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल फेरबदल नहुने बताउनुको तात्पर्य पनि उनी तत्काल कसैलाई पनि मन्त्रीको रुपमा नियुक्त गर्ने पक्षमा छैनन् । खाली रहेको दुई मन्त्रालय आफै राखेर अर्थ मन्त्रालयको कामकाज खतिवडालाई गर्न लगाउने र हस्ताक्षर मात्र प्रधानमन्त्रीको चल्नेगरी व्यवस्या गर्न लागिएको प्रधानमन्त्रीका एक सचिवालय सदस्यले बताए ।

छिट्टै नै खटिवडालाई अर्थ विज्ञका रुपमा नियुक्त गर्ने उनले बताए । उनलाई मन्त्री सरहको सुविधासहित जिम्मेवारी दिइन लागिएको हो ।