मन्त्रीपरिषद् विस्तार हुँदै, को बन्दैछन् अर्थमन्त्री ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डल विस्तारको तयारी गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले तयार पारेको पतिवेदन कायन्वयन गर्नका लागि प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन् ।
कार्यदलले सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रीहरु हेरफेर गर्न सकिने विषयलाई समेटेर प्रतिवेदन तयार पारेको थियो । मन्त्रीमण्डर पुर्नगठनका लागि दुई अध्यक्ष ओली र पुष्पकमल दाहल प्रचण्डले छलफल थालेको एक नेताले बताए । ती नेताका अनुसार आउँदो साताभित्रै प्रधानमन्त्री ओलीले मन्त्रीहरु फेरबदल गर्ने छन् ।
पहिलो चरणमा कसैलाई पनि नहटाई तीन जना मन्त्रीलाई थप्ने तयारी भइरहेको नेकपा निकट श्रोतको भनाई छ । अर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल शुक्रबार मध्यराती १२ बजेबाट सकिदैछ । उनले कार्यभार सम्हालेका अर्थमन्त्रालय र संचार तथा सूचना प्रविधि मन्त्रालय शनिबारबाट खाली हुने छन भने सहरी विकास मन्त्रालय पहिलेदेखि खाली छ । उक्त मन्त्रालय जिम्मेवारी भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङले चलाई रहेका छन ।
पहिलो चरणमा नेकपा उपाध्यक्ष बामदेव गौतम, पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठ र पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे मन्त्री बन्ने नेकपाका उक सचिवालय सदस्यले बताए । उपप्रधानमसहित सहरी विकास मन्त्रालयमा गौतम र उपप्रधानसहित संचार तथा सूचना प्रविधि मन्त्रालयमा नारायणकाजी श्रेष्ठ र अर्थमन्त्रालयमा पाण्डेलाई नियुक्ति गर्ने विषयमा छलफल भइरहेको छ ।
यद्यपी, अर्थमन्त्रालयमा गौतमलाई जिम्मेवारी दिनेकी भन्ने विषयमा पनि छलफल भएको छ । उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी दिएर नेता गौतमलाई व्यवस्थापन गर्ने पक्षमा ओली देखिएको भएपनि उनी खेमाका नेताहरुले विरोध जनाएका छन ।