राजीनामा बोकेर बालुवाटार पुगे अर्थमन्त्री डा. खतिवडा

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडा राजीनामा बोकेर बालुवाटार पुगेका छन । मन्त्रीबाट बाहिरिनुपर्ने पक्का भएपछि खतिवडा आजै प्रधानमन्त्री निवास वालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन ।

बालुवाटार निकट श्रोतका अनुसार खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले उक्त राजीनामा उनीलाई फिर्ता पठाइदिएका छन । प्रधानमन्त्रीले आज र भोली विहान बस्ने मन्त्रीपरिषद्को बैठकमा उपस्थित हुन निर्देशन दिँदै राजीनामा पत्र उनैलाई फिर्ता दिएका थिए ।

आफूलाई सचिवालको निर्णयबाट हटाएको नभई आफैँले राजीनामा दिएर बाहिरिएको सन्देश प्रवाह गर्न खतिवडाले राजीनामा लेखेको स्रोतको दाबी छ ।