फेरी घट्यो सुनको मूल्य

काठमाडौं – केहि दिनदेखि लगातार घटेको सुनको मूल्यले भदौ १९ गते शुक्रबार पनि निरन्तरता पाएको छ। यस दिन सुन तोलामा एक सय रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँ तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि पछिल्लो तीन दिनदेखि लगातार घटेको छ। शुक्रबार चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ।