अर्थमन्त्रीबाट डा. खतिवडा बाहिरिने पक्का, नेकपा सचिवालयले गर्यो यस्तोे निणर्य

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाको भदौं २० गते कार्यकाल सकिदैछ । उनलाई हटाउने कि निरन्तरता दिने भन्ने विषय अहिले बहसमा छन । तर यस्तै अवस्था रहिरहे खतिवडा २० गतेबाट विदा हुने लगभग पक्का भएको छ ।

बिहिबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेपछि मन्त्रीमा दोेहोरिने सम्भावना टरेको छ ।

नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा गौतम वा खतिवडा कसलाई सिफारिस गर्ने भन्ने विषयमा नेकपामा विवाद थियो । अब यो विवाद समाधान भएको छ भने अर्थमन्त्रीबाट खतिवडा बाहिरिने पक्का भएको ।

सचिवालयको बिहीबारको बैठकमा नेकपाको विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि पनि छलफल भएको थियो । ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको नेताहरुले बताएका छन् ।