चन्द्र ढकालले ग्लोबल आईएमई बैंकको कराडौं रकम अनियमितता गरेको खुलासा

काठमाडौं – ग्लोबल आईएमई बैंकका अध्यक्ष चण्द्र ढकालले नेपाल उद्योग बार्णिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा बन्न बैंकको दुरुपयोग गरेको पाइएको छ । ढकालले महासंघको बरिष्ठ उपाध्यक्षमा विजयी हुन देशभरका विभिन्न उद्योग बार्णिज्य संघले आयोजना गरेका मेला महोत्सवमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको बजेट खर्च गरेर दुरुपयोग गरेका हुन ।

सामाजिक क्षेत्रमा खर्च गर्न पर्ने बैंकको रकम सिधैं खर्च गरेर दुरुपयोग गरिएको हो । बैंकले अघिल्ला आर्थिक बर्षका लागि भनेर छुट्याएको झण्डै ६ करोड रुपैयाँ मध्य ६० प्रतिशत भन्दा बढि मेला ममहोत्सवमा खर्च भएको छ । बैंकको ब्राण्डीङका लागि छुट्टै रकम हुँदा हुँदै महासंघ उपाध्यक्ष जित्नकै लागि ढकालको निर्देशनमा सामाजिक उत्तरदायित्वको रकम खर्च गरिएको हो ।

बैंकले आर्थिक बर्ष २०७६/७७ का लागि सामाजिक उत्तरदायित्वको अन्तरगत ५ करोड ९७ लाख रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये दुई करोड २० लाख रुपैयाँ सोही शिर्षकमा नियम संगत खर्च गरेको छ भने बाँकी रहेको ३ करोड ७७ खाल रुपैयाँ ढकालको निर्देशनमा ब्राण्डीङका लागि खर्च गर्नपर्ने ठाउँमा खर्च भएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत शिक्षा, स्वास्थ्य र बैंकिङ साक्षरताका लागि खर्च गर्न पर्नेमा गैरकानुनी रुपमा व्यवसायी संघ/संस्थालाई रकम बाँडिएको हो । बैंकको नियमावलीमा सामाजिक उत्तरदायित्वको रकम सामाजिक संस्थालाई उपलव्ध गराउन सकिने भन्ने दफामा देकेर खर्च गरेको हुनसक्ने बैंक श्रोतले जनाएको छ ।

बैंकको संथागत सामाजिक उत्तरदायित्व विभाग प्रमुख सुदर्शन गुरुङले ५ करोड ९७ लाख रुपैयाँ छुट्याको पुष्टि गरे । तर कहाँ र कति खर्च भयो भन्नेबारेमा उनले जानकारी दिन आनाकानी गरे । उनले भने, ‘मोटामोटी रुपमा त कोभिडमै खर्च भएको छ । हामीले संघिय सरकारको कोभिड कोषमा १ करोड १५ लाख रुपैयाँ जम्मा गरेका छौं भने सबै प्रदेशलाई गरेर ९५ लाख रुपैयाँ उपलब्ध गराएका छौं ।’ आर्थिक सवालसँग कुरा गर्दै उनले भने, ‘पुरा विवरण उपलब्ध गराउन त माथि सोध्न पर्छ ।’

यता तत्कालिक अवस्थामा ब्राण्डीङमा बसेर काम गरेका योगेश पोखरेलले कानुन विपरित खर्च नभएको दावी गरे । हामीले खर्चको सबै विवरण सुनाएपछि अक्क न बक्क भएर यसबारेमा बुझ्न पर्ने बताए । ढकालकै निर्देशनमा पोखरेलले उक्त रकम खर्च गरेका थिए । अहिले पोखरेल ढकालको चुनाव प्रचार–प्रसार समितिको सचिवालयमा रहेर काम गरिरहेका छन । सामाजिक संस्था भएकै कारण उद्योग बाणिज्य संघले आयोजना गर्ने कार्यक्रमका लागि सामाजिक उत्तरदायित्व अन्तरगतको रकम खर्च गरेको बैंकका माथिल्लो तहका एक कर्मचारीले बताए ।

व्यवसायी संस्थाहरुले आर्थिक उपार्जनका लागि आयोजना गरिएको महोत्सवमा खर्च गर्नु आर्थिक अनियममितता भएको बरिष्ठ अधिबक्त दिनेश त्रिपाठीको भनाई छ । आर्थिक सवालसँग कुरा गर्दै त्रिपाठीले भने, ‘एउटै शिर्षकका लागि भनेर छुट्याएको रकम अर्को शिर्षकमा खर्च गर्नु आर्थिक अनियममितता हो । भोका नाङ्गाहरुको सहार बन्न छुट्याइएको रकम अनियमितता गर्नु आर्थिक अपराध हो ।’

महासंघको उपाध्यक्ष बन्न ढकालले तयारी स्वरुप देशभरका प्राय सबै मेला महोत्सवमा खर्च गरेका छन । आफ्नो मतदाताहरुलाई फकाउन ढकलले ३ करोड भन्दा माथि बैंकको रकम दुरुपयोग गरेका छन । ५ करोड ९७ लाख रुपैयाँ खर्च गर्न पर्ने ठाउँमा २ करोड २० लाख मात्र खर्च भएको छ । र बाँकी रहेको रकम अन्य बैंकहरुले कोभिड कोषमै जम्मा गरेको छन । तर ग्लोवल आईएमई र्बैंकले पहिल्यौं खर्च गरिसकेकाले जम्मा नगरेको बैंकका उक कर्मचारीले बताए ।

अलिअलि बाँकी रहेको रकम ग्लोबल आईएमई बैंकले पनि कोडिड कोषमा जम्मा गर्नेकी भनेर छलफल गरेको थियो । तर रकम थोरै देखिने भएपछि जम्मा नगरेको बैंकका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए । एक करोड पनि नपुग्ने भएपछि बैंकको अपमान हुने भएर रकम जम्मा नगरेको बताइएको छ ।

यता नेपाल राष्ट्र बैंकले गैरकानुनी रुपमा खर्च भएको पाइए कारवाही हुने जनाएको छ । ‘गैरकानुनी रुपमा खर्च गर्ने अधिकार कसैलाई छैन’, राष्ट्र बैंक श्रोतले भन्यो, ‘कसैले त्यसरी खर्च गरेको पाइए कारवाही हुन्छ ।’

यो पनि पढ्नुहोस्

ग्लोबल आईएमई बैंकमा रत्नराज बज्राचार्यको गैरकानुनी प्रवेश, गभर्नर अधिकारीलाई धोका