कालिका पावर र शिवम् सिमेन्टको शेयरमूल्य आज सम्मकै उच्च

काठमाडौं – पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुको शेयर मुल्य उच्च दरले बढ्न थालेसँगै केही हाइड्रोपावरको एड्जस्टेड शेयर मूल्य लाइफटाइम हाइ विन्दुमा पुगेको छ।
बुधबारको अन्तिम कारोबार अनुसार हाइड्रोपावर उपसमूहको कालिका पावर कम्पनी र अन्य उपसमूहको शिवम् सिमेन्ट ९क्ज्क्ष्ख्ः० को एड्जस्टेड शेयरमूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

बुधबार शिवम् सिमेन्टको शेयरमूल्य २।२१ प्रतिशतले बढेर प्रतिकित्ता ७४१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यो मूल्य शिवमको हालसम्मकै उच्च एड्जस्टेड शेयरमूल्य हो। पछिल्ला दिनहरुमा शिवम् सिमेन्टको शेयरमूल्य लगातार बढीरहेको छ।

त्यस्तै, बुधबार कालिका पावर कम्पनी को शेयरमूल्य ९.५७ प्रतिशतले बढेर १२६ रुपैयाँमा पुगेको छ। यो पनि कम्पनीको दोस्रो बजारमा भएको कारोबारमा हालसम्मकै उच्च एड्जस्टेड मूल्य हो।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत अधिकाँश हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढ्न थालेको छ। बुधबार नेप्सेमा सूचीकृत ३३ हाइड्रोपावर कम्पानीमध्ये २८ वटा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो भने अन्यको पनि ८ प्रतिशतभन्दा धेरैले बढेको थियो।

सस्तो शेयरमूल्य रहेका हाइड्रोपावर कम्पनीको शेयरमा पछिल्ला केही दिनदेखि लगानीकर्ताको आकर्षण ह्वातै बढेको छ।

५ कम्पनीको शेयर मूल्य ५२ हप्ता यताकै उच्च विन्दुमा, ४ हाइड्रोपावर
बुधबार अधिकाँश हाइड्रोपावर कम्पनीहरूको शेयर मुल्यमा सकारात्मक सर्किट लागेपछि धेरै कम्पनीहरुको शेयर मूल्य ५२ हप्ताकै उच्च विन्दुमा पुगेको छ।

बुधबारको अन्तिम कारोबारको मूल्य अनुसार चारवटा हाइड्रोपावर र एक इन्स्योरेन्स कम्पनीको शेयर मुल्य ५२ हप्ता अर्थात एक वर्ष यताकै उच्च विन्दुमा पुगेको छ।

सानिमा माइ हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, शिखर इन्स्योरेन्स, सिनर्जी पावर डेभलपमेन्ट, र राधी विद्युतको शेयरमूल्य ५२ हप्ता यताकै उच्च विन्दुमा पुगेको हो।

बुधबार सानिमा हाइड्रोपावरको शेयरमुल्य ९.६४ प्रतिशतले बढेर २७५ रुपैयाँ पुगेको छ भने छ्याङ्दी हाइड्रोपावरको ९.४७ प्रतिशतले बढेर प्रतिकित्ता १०४ रुपैयाँमा पुगेको छ। त्यस्तै, राधी विद्युतको शेयरमूल्य १० प्रतिशतले बढेर २०९ रुपैयाँ पुगेको छ भने सिनर्जी पावरको शेयरमूल्य ९.६ प्रतिशतले बढेर १३७ रुपैयाँ पुगेको छ। शिखर इन्स्योरेन्सको शेयरमूल्य भने १.१७ प्रतिशतले बढेर १ हजार २९५ रुपैयाँ पुगेको छ।