आज पनि घट्यो सुनको मूल्य, कति मा हुदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७०० रुपैँयाले घटेर प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ।