दुईवटा म्युचुअल फन्डको बुक क्लोजको मिति तोकियो, कति दिदैछन लाभांश ?

काठमाडौं – दुईओटा म्युचुअल फन्डले बुक क्लोज मिति तोकेका छन । नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित नबिल इक्विटी र नबिल ब्यालेन्स्ड फन्ड–२ ले भदौ २५ गते बुक क्लोजका लागि बुक क्लोजको मिति तोकेका छन ।
भदौ २४ गतेसम्म कायम इकाइधनीले यी दुई फन्डले घोषणा गरेको लाभांश पाउनेछन् । नबिल इक्विटी फन्डले करसहित ६ प्रतिशत दरले नगद लाभांश वितरण गर्न लागेको छ ।
यसले नगद लाभांश वितरणमा ७ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ । त्यस्तै, नबिल ब्यालेन्स्ड फन्ड–२ ले करसहित ९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ । यसले नगद लाभांश वितरणमा १० करोड ८ लाख रुपैयाँ खर्च गर्नेछ । दुवै फन्डले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट इकाइधनीलाई प्रतिफल घोषणा गरेका हुन् ।