आज घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन तोलामा १ हजार २०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० तोकिएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको भाउ पनि यसदिन तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६५ रुपैयाँ निर्धारण गरिएको छ। सोमबार पनि चाँदी आजकै भाउमा कारोबार भएको थियो।