डाक्टर र नर्ससहित ७१ जनामा कोरोना पुष्टि भएपछि वीर अस्पताल बन्द

काठमाडौं – वीर अस्पतालका १२ जना डाक्टर र १२ जना नर्ससहित ७१ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । ७१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा बन्द भएको छ ।
डाक्टर र नर्ससहित धेरै जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाले सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सरसफाई लगायत अन्य कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण पाइएको छ ।
संक्रमण फैलन थालेपछि अस्पतालले एक विज्ञप्ति निकालेर बुधबार र बिहीबार २ दिनका लागि अस्पतालको ओपीडी सेवा बन्द गरेको हो । तर आकस्मिक सेवा, फेभर क्लिनिक, आइसीयू, इन्डोर सेवा, पीसीआर ल्याब र प्रशासनका सेवाहरु भने खुला रहने अस्पतालले जनाएको छ ।