आज सेयर बजार बन्द, यस्तो छ कारण

काठमाडौं – आज सेयर बजार बन्द रहेको छ । आज मंगलबार (भदौ १६ गते) इन्द्रजात्रा परेकाले बन्द भएको हो ।
सरकारले आज काठमाडौं उपत्याकामा सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्सेको कार्यायल पनि बन्द भएको हो ।
अब बजार बुधबार बिहान ११ बजे खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २२.३१ अंकले बढेर १४ सय ८४.९९ बिन्दुमा अडिएको छ । जसमा ३ अर्ब ४६ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।