भोलीदेखि बिर्सेर पनि नगर्नुहोस् यी ११ काम, नत्र जीवन भर दुःखी हुनुपर्ला

काठमाडौं – भोली अर्थात भदौ १७ गतेबाट सोह्र श्राद्ध सुरु हुदैछन् । आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय भएकाले यसलाई पितृपक्ष भनिन्छ ।
यो समयमा हामीले गर्न नहुने ११ कामहरु छन, जुन गर्नाले घरमा अशान्ती तथा कलह र पितृलोकमा रहेका पितृहरु अशान्त हुने गर्दछन् । १६ दिन नियम अनुसार गर्न सके तपार्इँको कुण्डलीमा भएको पितृदोष पनि शान्त भएर जानेछ । यो समयमा गर्नै नहुने कामहरुकोबारेमा हामी चर्चा गर्दैछौं ।
१) पद्म पुराण तथा मनुस्मृतिका अनुसार श्राद्ध देखाउनका लागि गर्ने होइन, गुप्त रूपमा गर्नुपर्छ । धनी छ भने पनि श्राद्धमा धेरै खर्च र देखावटी नगर्नु अनि भोजनको माध्यमबाट मित्रता र सामाजिक तथा व्यापारिक सम्बन्ध स्थापित नगर्नु ।
२) सोह्र श्राद्धकै दिन कपाल नकाट्नु ।
३) महाभारतका अनुसार भन्टा, गाजर, मसुरो दाल, रहर, लौका, हिङ्, प्याज, लसुन, बीरे नून, जामुन, सुपारी, सर्स्यौं र चनाको खाना हुँदैन ।
४) पितृपक्षमा कुनै पनि मांगलिक तथा शुःभ काम गर्न वर्जित छ ।
५) यो समयमा कुँवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्घाटन, वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन ।
६) घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ ।
७) भूमी पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन ।
८) प्रत्येक गृहस्थीले नियमित श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ । अरूको स्वामित्व भएको घर वा जमिनमा बसेर श्राद्ध गर्दा पितृहरू खुसी हुँदैनन् भन्ने मान्यता छ । अर्काको घर वा डेरामा श्राद्ध गर्दा पितृ अप्रसन्न हुनेमात्र होइन, तिनको शक्ति र सामर्थ्यमा पनि कमी आउँछ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
९) सोह्रश्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछामासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन ।
१०) कछाकी र श्राद्धका दुबै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नुहुँदैन । उक्त दुबै दिन शरीरमा सुन, तेल र सावुनको ससर्ग गर्नु हुँदैन । पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्दछ । दिउँसो सुत्नु वा निदाउनु हुँदैन, अनि राती पनि भुइँमा एकसरो ओछ्यान लगाएर शयन गर्नुपर्दछ ।
११) श्राद्ध सकिएपछि बाँडिने पितृप्रसाद आमन्त्रण गरिएका सबैलाई वितरण गर्नु पर्दछ तर पिण्डमा चढाइएको पितृप्रसाद श्राद्धाधिकार पाएको सपिण्डीभित्रको दाजुभाइ र बन्धुबान्धवले मिलेर ग्रहण गर्नुपर्दछ । उक्त प्रसाद एउटै गोत्रभित्रका सगोत्री दाजुभाइलाई दिए पनि हुन्छ ।
यी कुरालार्इ नियम अनुसार पालना गर्न सके घरमा लक्ष्मी खुसि हुनुका साथै तपार्इँको काममा पितृको कारणले रोकिएको कामहरु बन्ने छन ।