सरकारले कोरोना परिक्षण शुल्क तोक्यो

काठमाडौं – सरकारले कोरोनाभाइरस कोभिड १९ को पीसीआर परीक्षणबापत ४ हजार ४ सयभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको छ ।

कोरोनाको सशुल्क परीक्षण गर्ने अनुमति पाएका ल्याबहरूले सेवा शुल्कसहित अधिकतम ४,४०० रुपैयाँ मात्र लिन पाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।