फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्दि भएको छ । नेपाल सुन चादि व्यवसायी महासंघका अनुुसार सोम्बार छापावाला सुन तोलामा ३०० ले बढेर ९७ हजार ५०० रुपैयामा कारोबार भइरहेको छ । भने तेजावी सुन प्रतितोला ९७ हजार रुपैयामा कारोबार भइरहेको छ ।
यस अघि आइतबार छापावाला सुन तोलामा ९७ हजार २०० रुपैयामा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि सोमबार तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।