मन्त्रीपरिषद बैंठकमा खास–खुस, ‘अर्थमन्त्रीलाई कोरोना लाग्योकी क्याहो !’

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडा मन्त्रीपरिषद बैंठकमा जान छोडेका छन । उनी आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा गएनन् ।

दिनभर अर्थ मन्त्रालयमै बसेर काम गरेका उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकमा नदेखिएपछि उनी मन्त्री परिषदको बैंठकमा जान छोडेको आँकलन गरिएको छ । यही भदौं २० गते कार्यकाल सकिन लागेकाले उनी मन्त्री परिषदको बैंठकमा नगएको धेरैले अनुमान लगाएका छन । तर कुरा अर्कै ।

उनी कोरोना संक्रमणको डरका कारण मन्त्रीपरिषद बैंठकमा अनुपस्थित भएका ह्ुन । आइतबारको मन्त्रीपरिषद बैंठकमा मन्त्री खतिवडालाई नदेखेपछि केही मन्त्रीहरुले डा. खतिवडालाई कोरोना लागेको आशंका गरे ।

उनलाई नदेखेपछि कतिपय मन्त्रीले खासखुस गरे, ‘उहाँलाई कोरोना पो लागेछ कि क्या हो !‘ मन्त्री खतिवडालाई कोरोना लागेको चाहिँ होइन, कोरोनाको डर मात्रै लागेको हो । बैठकमा उपस्थित अरु मन्त्रीबाट आफूलाई कोरोना संक्रमण होला कि भन्ने डरका कारण मन्त्री खतिवडा बालुवाटार नगएका हुन् ।

क्वारेन्टाइमा बसेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गुहमन्त्री रामबहादुर थापा (बादल) पनि आइतबारको मन्त्रीपरिषद बैंठकमा सहभागि हुने भएपछि डा. खतिवडा कोरोनाको डरले बैठकमा नआएको एक मनत्रीले बताए ।