लिबर्टी ईनर्जीको आईपीओ बाँडफाँड हुँदै, समाजको पनि आजै

काठमाडौं – लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड हुँदै छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार नेपाल धितोपत्र बोर्डले अनुमति दिएकोले आजै आइपिओ बाँडफाँड गर्न लागिएको हो ।
कम्पनीले सर्बसाधारणलाई लागि कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीले निष्कासन गरेको आइपिओमा अन्तिम दिनसम्म १ लाख ९१ हजार १ सय जना आवेदकबाट ७३ लाख १४ हजार ७ सय १० कित्ताको लागि आवेदन परेको छ ।
कम्पनीले भाद्र ३ गतेदेखि जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो ।
त्यस्तै, समाज लघुवित्त वित्तिय संस्थाको सेयर बाँडफाँड पनि आजै हुने भएको छ । कम्पनीको सेयर बाँडफाडँ शनिबार हुने भनिएको भएपनि अघिल्लो दिन रिलायन्सको शेयर बाँडफाँट भएकाले बाँडफाँट सार्नु परेको थियो।
विक्रि प्रबन्धक शिद्धार्थ क्यापिटलका अनुसार प्री एलटमेन्टमा आठ हजार ७० जनाले समाज लघुवित्तको १० कित्ताको दरले शेयर पाएका छन्