भदौ मसान्तसम्म सार्वजनिक यातायात संचालनमा रोक

काठमाडौं – सरकारले भदौ मसान्तसम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।
त्यस्तै सरकारले मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा पनि भदौ मसान्तसम्मको लागि बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले यस अघि भदौ १५ गतेदेखि लामो दुरी, मध्यम तथा छोटो दूरीका सवारीसाधन चल्ने जनाएको थियो । तर कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले भदौ मसान्तसम्म लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म यी सेवा बन्द गर्ने निर्णय गरेको हो।