आठ हजार ७० जनाले पाए समाज लघुवित्त सेयर

काठमाडौं – समाज लघुवित्त वित्तिय संस्थाको सेयर सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर बाँडफाडँ शनिबार हुने भनिएको भएपनि अघिल्लो दिन रिलायन्सको शेयर बाँडफाँट भएकाले बाँडफाँट सार्नु परेको थियो।

विक्रि प्रबन्धक शिद्धार्थ क्यापिटलका अनुसार प्री एलटमेन्टमा आठ हजार ७० जनाले १० कित्ताको दरले शेयर पाएका छन्। मागभन्दा बढी आवेदन परेपछि उनीहरूलाई गोलाप्रथाद्वारा शेयर बाँडफाँट गरिएको हो।

निष्काशनमा योग्य आवेदक पाँच लाख ४७ हजार तीन सय ७० थिए। लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात् जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरूका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात् ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएको थियो। बाँकी ८० हजार ७०० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो।