अरुण काबेलीको नाफा ह्वात्तै बढ्यो, कति भयो प्रति शेयर आम्दानी ?

काठमाडौं – अरुण काबेली पावरको खुद नाफा ह्वात्तै बढेको छ । कम्पनीले २०७६/७७ मा ७३१ गुणाले आम्दानी बढाएको छ ।
आर्थिक वर्ष ७६/७७ मा कम्पनीको नाफा कम्पनीले अघिल्लो आर्थिक वर्ष ७५/७६ मा डेढ लाखमात्र खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७६/७७ मा खुद नाफा बढेर १० करोड ९७ लाख पुगेको हो ।
कम्पनीले यस अवधिमा बिद्युत बिक्रिबाट ४० करोड ७३ लाख आम्दानी गरेको छ । कम्पनीले निर्माण गरेको २५ मेगावाटको काबेली बी १ जलविद्युत आयोजनाले गत कार्तिकबाट व्यवसायीक उत्पादन सुरु गरेको थियो । सोहि विद्युत बिक्रिबाट कम्पनीको आम्दानी बढेको हो ।
कम्पनीको चुक्ता पुँजी डेढ अर्ब रहेको छ भने रिजर्भमा ९ करोड ४२ लाख रहेको छ। कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा, नेटवर्थ १०६.२८ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.८५ गुणा रहेको छ।