केही समयको लागि शेयर कारोबार बन्द

काठमाडौं – केही समयका लागि शेयर कारोबार बन्द भएकोे छ । टिएमएसमा प्राविधिक समस्या आएपछि शेयर कारोबार बन्द भएको हो ।
नेपाल स्टक एक्सचेञ्जले दिएको जानकारी एउटै अर्डर दुइ वा दुईभन्दा बढि पटक देखिने तथा अर्डर राख्न नै समस्या आएपछि बन्द भएको हो ।
समस्या सामाधान भएपछि बजार पुन सूचारु हुने नेप्सेले जनाएको छ।