अर्थमन्त्रीमा खतिवडाको निरन्तरताको खबरले सेयर बजार प्रभावित

काठमाडौं – अर्थमन्त्रीमा डा. युवराज खतिवडा पुनः नियुक्ति हुने खवरले सेयर बजार प्रभावित भएको छ । पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले डा। खतिवडालाई फेरी पनि नियुक्ति गर्ने संकेत दिएका थिए ।

बजार खुलेदेखि नै नेप्सेमा राताम्य छाएको छ । दिउसो १२ः४५ बजेसम्म ११३ ओटा कम्पनीको सेयर ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकरण भएको २६४ कम्पनीहरु मध्ये ११३ कम्पनीको सेयर घटेको छ भने २६ ओटा कम्पनीको सेयर बढेको छ । १३ ओटा कम्पनीको सेयर स्थिर छ ।

अर्थमन्त्री खतिवडा हट्ने समाचार बाहिरिएपछि बढ्न थालेको सेयर बजार फेरी घट्न थालेको छ । आज दोहोरो अंकले बजार घटेको छ । अघिल्लो दिन अर्थात गत विहिबारको तुलनामा ११.७९ अंकले नेप्से घटेको छ । बजार अझै घटेने आँकलन गरिएको छ ।