कहिले बाँडफाँड होला लिवर्टी इनर्जीको आइपीओ ? यस्तो भन्छ बिक्री प्रबन्धक

काठमाडौं – पछि खुलेको रिलाएन्स लाइफ इन्सुरेन्सले आईपीओ बाँडफाँड गरेपछि लिवर्टी इनर्जीलाई दवाव बढेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार कम्पनीको आइपीओ सोमबार (भदौ १५ गते) बिहान बाँडफाँट हुने छ ।
आईपीओ बाँडफाँड एनआइबीएल एस क्यापिटलको कार्यलय लाजिम्पाट काठमाडौंमा हुने छ । आईपीओ बाँडफाँट फेसबुक लाइभबाट बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । लिवर्टी इनर्जी कम्पनीको आइपीओमा ७० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा १ लाख ८५ हजार जनाले ७० लाख कित्ताका लागि आवेदन दिएका हुन् ।
यो सर्वसाधारका लागि बिक्री खुला गरिएको कित्ताको मागभन्दा १.९६ गुणा धेरै हो । यस कम्पनीले भदौ ३ गतेबाट ७ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको थियो ।