सुनको मूल्य आज पनि घट्यो

काठमाडौं – सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघका अनुसार आज सुन ७ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुनको मुल्य ९६ हजार ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार ४ सय कायम भएको छ ।

बिहिबार छापावाला सुनको मूल्य ९७ हजार ६ सय रहेको थियो भने तेजावी सुन ९७ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य १३ सय ४५ थियो ।