अमेरिकी डलरको भाउ ह्वात्तै घट्यो

काठमाडौं – अमेरिकी डलरको भाउ ह्वात्तै घटेको छ । आज भाउ घटेर ११८ रुपैयाँ ४० पैसामा झरेको छ ।
विगत लामो समयदेखि १२० रुपैयाँको आसपासमा कारोबार भएको डलरको भाउ केही दिन यतादेखि घट्न लागेको हो । सोमबार १२० रुपैयाँ ५ पैसा रहेको डलरको भाउ ४ दिनमा एक रुपैयाँ ६५ पैसाले घटेको छ ।
अघिल्लो दिन बिहीबार मात्रै डलरको भाउ ११९ रुपैयाँ १८ पैसा थियो। आज ७८ पैसाले घटेर ११८ रुपैयाँ ४० पैसामा आएको हो। पछिल्ला दिन सुनको भाउमा केही करेक्सन आएपछि डलर कमजोर देखिएको हो।