स्टाफ नर्सहरुका लागि खुशीको खवर, ठूलो संख्यामा कर्मचारी माग

काठमाडौं – नर्सिङ परिषदमा दर्ता भएका स्टाफ नर्सहरुका खुशीको खवर छ । दैलेखको नारायण नगरपालिकाले एकै पटक १० जना स्टाफ नर्सहरुको माग गरेको छ ।

नगरपालिकाले करार सेवाका लागि सहायक स्तर पाँचौं तहका लागि आजबाट विज्ञापन खोलेको छ । विज्ञापनमा नगरपालिकाले नर्सिङ परिषदबाट लाइसेन्स लिएका १८ बर्ष पुरा भई ४० ननाघेका नेपाली नागरिकहरुलाई आवेदन दिन आग्रह गरेको छ ।

आवेदन यही भदौं २६ गतेसम्म नागरयण नगरपालिकाको कार्यलयमा बुझाउन सकिने नगरपालिकाले जारी गरेको विज्ञापनमा उल्लेख छ । नगरपालिकाले दरखास्त फारम नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखाबाट उपलब्ध गराइने जनाएको छ ।