फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिने भयो बोनस ?

काठमाडौं – फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेका छ । गत आर्थिक बर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने १३.६८ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्तको भदौ १० गते बुधबार बसेको सञ्चालक समितिको बैठकले ९.५० प्रतिशत बोनस र ४.१८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । समितिले ९.५० प्रतिशतका दरले हुन आउने ७ करोड ६० लाख रुपैयाँ बराबरको बोनस र करसहित ४.१८ प्रतिशतले हुन आउने ३ करोड ३५ लाख ४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र लघुवित्तको अगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन ।

हाल लघुवित्तको चुक्ता पूँजी ८० करोड ७ लाख ४० हजार रुपैयाँ छ । बोनस पश्चात चुक्ता पूँजी ८७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ।