समृद्धि फाइनान्सको कारोबार गर्ने आज अन्तिम दिन, भोलीबाट बुक क्लोज

काठमाडौं – समृद्धि फाइनान्स लिमिटेडको कोरोबार गर्ने आज अन्तिम दिन हो । भोली अर्थात भदौ १२ गतेदेखि बुक क्लोज हुनेछ ।

कम्पनीले जारी गर्न लागेको २०० प्रतिशत हकप्रदका लागि भदौ १२ गते बुक क्लोज हुने भएको हो । भदौ ११ गते अर्थात आजसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् ।

समृद्धिले धितोपत्र बोडबाट १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाइसकेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि पुँजी ५४ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।