सम्धी नियुक्ति काण्डबारे रक्षामन्त्री पोखरेलले मुख खोले, लगाए गम्भिर आरोप

काठमाडौँ — उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्धी डा. उपेन्द्र कोइरालाको पछिल्लो नियुक्तिका विषयमा मुख खोलेका छन । उनले यो विषयमा आफ्नो संलग्नता नरहेको बताएका छन ।

रक्षामन्त्री पोखरेलले बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दैआफ्नो नातेदारले आफूसँगको सम्बन्ध दुरुपयोग गरेर लाभ लिएको वा पद पाएको भन्ने सूचना सही नभएको दावी गरेका हुन ।

‘भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन्,’ पोखरेल लेखेका छन, ‘कहीं कतै मेरो अवाञ्छित चासो वा हस्तक्षेप नभएको जानकारी गराउँछु । यदि अन्यथा पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रुपमा सजायको भागिदार हुनेसमेत विश्वास दिलाउन चाहन्छु ।’

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा आफू नजरबन्दमा रहेका बेला घरको पानीटंकीमा पैसा लुकाएको भनी लाञ्छना लगाइएको भन्दै उनले अहिले पनि त्यही विषयलाई उछालिएकोमा आपत्ति जनाएका छन । उनले अहिले हफवाह फैलाउनेहरुपनि राजावादी भएको घुमाउरो भाषामा लेखेका छन । उनले भनेका छन, ‘अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् ।’

सरकारको मन्त्री स्तरिय निणर्यबाट पोखरेलका सन्धी कोइरालालाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाउने गरी बोर्ड सदस्यमा नियुक्त गरेको विषयमा चर्को विरोध भएको थियो ।

 

यो पनि पढ्नुहोस्

राष्ट्रिय बाणिज्य बैंक डुवाउने खेल सुरु, भ्रष्टचारीको उपमा पाएका कोइराला बैंकको अध्यक्ष