उपत्यकामा आजसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिए

काठमाडौं – काठमाडौं उपत्यका आजसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमित भेटिएका छन ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण थपिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज देशभर ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौताले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ भने १९ हजार ५ सय ४ जना उपचारपछि घर फर्किएका छन् ।