ग्लोबल आईएमई बैंकमा रत्नराज बज्राचार्यको गैरकानुनी प्रवेश, गभर्नर अधिकारीलाई धोका

काठमाडौं – बैंकिङ जगतमा सबैभन्दा पाको उमेरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन रत्नराज बज्राचार्य । उनी ठूलो राजनीति खेल लेखेर ग्लोबल आईएमई बैंक प्रवेश गरेको खुलेको छ ।

सनराइज बैंकबाट बाहिरिएपछि ठोष जिम्मेबारीमा नरहेका बज्राचार्य सरकारी स्वामित्वमा रहेको नेपाल बैंकको सीईओ बन्न हात धोएर लागेका थिए । उनको त्यही चाहनाले अन्तत्वगत्व ग्लोबल आइएमई बैंकको सिइओ बनाइदियो ।

नेपाल बैंकले वर्षभरि दिने तलब, भत्ता र सुविधा ग्लोबल आईएमई बैंकले एक महिनामै दिने भएपछि उनले नेपाल बैंकलाई लात हानेका हुन । अझै सरकारी बैंकमा थोरै तलब, धेरै लफडा, राजनीतिक दबाब र कर्मचारी युनियनको दबदबा भएकाले राम्रोसँग काम गर्ने बातावरणसमेत नहुने डरले ग्लोबल तीर डो¥याएको हो ।

यो हो षड्यन्त्रको पर्दा

कानुनसम्बत बज्राचार्य कुनै पनि बैंक तथा विक्ति संस्थाको प्रमुख कार्यकारी अधिकृत हुन पाउँदैनन् । कानुनले छेकबार लगाएपछि उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नजिक भएर कानुनी जटिलता पन्छाउन लागिपरे । बाफिया नीतिले बैंक तथा विक्तिय संस्थाको सीईओ बन्नका लागि ६५ बर्ष उमेर नकटेको हुनपर्छ तर उनको उमेर ६८ बर्ष पुगिसकेका छ ।

उनले उमेर हदका कारण सीईओ बन्न नपाउने भएपछि न्वारनदेखिको बल प्रयोग गरेर राष्ट्र बैंकका गभर्नर अधिकारीसँग साँडगाड गर्न पुगे । त्यही सिलसिलामा गत बैशाखमा बज्राचार्यलाई ठूला बैंकहरूमा रहेको क्रस होल्डिङ्ग (एउटै व्यक्ति वा व्यापारिक समूहको लगानी रहेको) सम्बन्धमा सुक्ष्म अध्ययन गरिदिन गभर्नरले अनुरोध गरेका थिए । गभर्नर बनेलगत्तै जतिसक्दो छिटो पहिलो चरणमा बैंकहरूबीच बीग मर्जर प्रक्रियालाई टुङ्गोमा पुर्याउने उद्देश्य राखेका अधिकारीले लामो समयदेखि गुरु मानेर पुज्दै आएका बज्राचार्यलाई आफ्नै कार्यालयमा भेटेर क्रस होल्डिङ्गको बारेमा सुक्ष्म र गोप्य अध्ययनका लागि अनुरोध गरेका थिए ।

उनले उक्त काम सफलता पूर्वक सम्पन्न गरेर अनौपचारिक प्रतिवेदन गभर्नरलाई बुझाए । सोही प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बीग मर्जरको स्पष्ट धारणा आयो । जसमा एक कार्यकालको लागि सीईओको तोकिएको उमेरहद नलाग्ने कुरासमेत समेटियो ।

उक्त काम गर्ने क्रममा बज्रार्चायको भेट ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाललाई । त्यही भेटमा ढकालले उनलाई सिईओको रुपमा प्रस्ताव राखे । मुलत नेपाल बैंकको सीईओ बन्नका लागि तयार पारेको प्रतिवेदन  ग्लोबल आईएमई बैंकको सीईओ बनाउने भर्याङ बन्यो ।

गभर्नर कै प्रस्ताव थियो

गभर्नरले मर्जरपछि मुलुकमा वाणिज्य बैंकहरूको संख्या १२ देखि १५ मा झार्ने लक्ष्य लिएका थिए । त्यस्तो अवस्थामा आगामी पुसभित्र नेपाल बैंकमा अनुभवि सीईओको रूपमा बज्राचार्यलाई नियुक्त गराउने योजना गभर्नरले नै बुनेका थिए । श्रोतका अनुसार उनको बुढ्यौली उमेरलाई ध्यानमा राख्दै गभर्नर अधिकारीले मौद्रिक नीतिबमोजिम साउन १२ गते जारी गरिएको निर्देशनमा ‘छुट्टै व्यवस्था’ गरिदिएका थिए ।

विगतमा डेपुटी गभर्नर हुँदा बैंकको नियमन विभागमा रहेर सहयोग पुर्याएका तत्कालीन निर्देशक वासुदेव अधिकारी यतिखेर नेपाल बैंकको अध्यक्ष छन् । बज्राचार्यलाई गत वर्ष नेपाल बैंकको सीईओ बनाउन उनले निकै पहल गरेका थिए । बिग मर्जरपछि बज्राचार्यलाई नेपाल बैंकको सीईओ बनाउने गभर्नरको मनसाय पनि बैंकका अध्यक्ष अधिकारीले पहिल्यै थाहा पाएको अड्कल लगाइएको छ ।

गभर्नरलाई बधाई दिन चैत अन्तिम साता कृषि विकास बैंकका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला आफनो गाडीमा नेपाल बैंकका अध्यक्षलाई समेत राखेर भैंसेपाटी पुगेका थिए । कृषि विकास बैंकलाई लिड कृषि बैंक र नेपाल बैंकलाई बीग मर्जरमा लगेर रत्नराजलाई सीईओ बनाउने विषय त्यहि भेटमा चुहिएको थियो ।

अध्यक्ष अधिकारी पहिलेदेखि नै नेपाल बैंकको लागि प्रभावकारी र काबिल सीईओको खोजीमा थिए । त्यहि क्रममा गत वर्ष सीईओ बनाउन अधिकारीले गरेको पहल रत्नराजको उमेरले तुहिएको थियो । मर्जरपछि उनैलाई नेपाल बैंकमा लैजान गभर्नरले गरेको नीतिगत व्यवस्थाको बारेमा अधिकारी अनभिज्ञ थिए भनेर विश्वास गर्न सकिँदैन ।