राष्ट्रिय बाणिज्य बैंक डुवाउने खेल सुरु, भ्रष्टचारीको उपमा पाएका कोइराला बैंकको अध्यक्ष

काठमाडौं – भ्रष्टाचारीको उपमा पाएका उपेन्द्रकुमार कोइराला राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा नियुक्त हुने भएका छन । देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा कोइरालालाई नियुक्त गरिने भएको छ ।
कोइरालालाई नेपाल सरकारको मन्त्री स्तरिय निर्णयबाट सोमबार बैंकको सञ्चालकमा नियुक्त गरिएको छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष पदमा कोइरालालाई बनाउने गरी सञ्चालक नियुक्त गरेको हो ।
अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था अनुसार अब बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने बैंक स्रोतले बताएको छ ।
बैंकको सञ्चालकहरुमा हाल अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, जनककुमार वराल, प्रा. डा. राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा. डा. माधवप्रसाद दाहाल रहेका छन् ।
कोइरालाले कसरी पाए भ्रष्टाचारीको उपमा ?
कोइरालाले विगत २६ बर्षदेखि कुनै न कुनै रुपमा राज्यका विभिन्न निकायमा रहेर काम गरिसकेका छन । जहिले जहिले एमालेको सरकार आउँछ त्यहीले उनको नियुक्ति भइहाल्ने अनौठो परिपाटी छ । यो पटक पनि राजनीतिक नियुक्तिमा उनको अछुत्तो रहेनन् ।
तर उनले जिल्मेबारी पाएका काम संधै विवाधित हुने गरेको छ । उनको नियुक्ति र उनका कामहरु कहिल्यौ विवादरहित भएनन् ।
उनको नियुक्ति पाउने क्रम २०५१ सालबाटै सुरु भएको थियो । तत्कालिन नेकपा एमालेको सरकार हुँदा २०५१ सालमा खाद्य संस्थानको महाप्रवन्ध नियुक्त भएका थिए कोइराला । खाद्य संस्थान पछि उनी महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख भए ।
त्यसपछि पनि उनी खाली बस्नु, परेन एमाले सरकार बन्ने वित्तिकै उनले नियुक्ति पाइहाल्थे । उपप्रधान तथा रक्षमन्त्री इश्वर पोखरेल वाणिज्य तथा आपुर्ति मन्त्री बनेका बेला कोइराला नेपाल आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए । जतिवेला निगमले ठूलो नोक्सानी बेहोर्नु परेको थियो ।
२०६२÷६३ पछि कोइराला उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त भएका थिए ।
उच्च माध्यमिक शिक्षा परिषद्मा हुँदा उनले गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर ठूलो रकम भ्रष्टाचार गरेका थिए । त्यही विषयलाई लिएर उनले विचैमा राजनीमा दिएका थिए ।
यो विषयमा सार्वजनिक लेखा समितिले छानविन गरेको थियो । जसमा उनलाई दोषि देखाइएको थियो । उनको नियुक्ति र विवादकको श्रृखता यतीमै टुङ्गीएन । उनी मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति बने । त्यहाँ हुँदा उनीविरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै पर्यो ।
विश्वविद्यालयमा उनीविरुद्ध आन्दोलन नै भएको थियो । अनियमितता भएको भन्दै विश्व विद्यालयमा विद्यार्थीहरुले २ महिनासम्म तालाबन्दी गरेका थिए ।