अर्थमन्त्रीको चौतर्फि वा–वाही, के गरेका थिए त्यस्तो काम ?

कैलाली – संघिय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडालाई सबैभन्दा असफल अर्थमन्त्रीका रुपमा विश्लेषण गर्ने गरिएको छ । तर सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री (प्रदेश अर्थमन्त्री) झपट बोहराको चर्चा देशभर चुलिएको छ । उनी चर्चामा आउनुको् मुख्य कारण हो लौरो टेक्दै बाढी प्रभावित बस्तीमा पुग्नु ।

अछाममा केही दिनअघि अविरल बर्षपछि आएको पहिरोले पुर्‍याएको क्षतिको अनुगमन गर्न मन्त्री बोहरा शनिबार लौरो टेकेरै बाढिपिडित बस्तीमा पुगे थिए ।

भदौ २ गते रातिको अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले अछामको रामारोशन गाउँपालिका–५ सैनीबजारका २२ घर बगाएको थियो भने १७ जना वेपत्ता भएका थिए । बेपत्तामध्ये ९ जना अझैँ बेपत्ता छन भने ८ जनाको सव फेला परेको थियो ।

प्रदेश राजधानी धनगढीबाटै राहत बोकेर अछाम पुगेका मन्त्री बोहराले प्रभावित क्षेत्रका नागरिकका लागि व्यक्तिगत सहयोग स्वरुप तीन लाख ६२ हजार बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री रामारोशन गाउँपालिकालाई हस्तान्तरण गरेका छन ।

सोमबार मन्त्री बोहराले बाढी पहिरोका कारण ज्यान गुमाएका व्यक्तिका परिवारसंग भेटघाट गरी सवमेदना दिएका छन् । उनले बाढीपीडितहरुका लागि प्रदेश सरकारले गरेको निर्णय समेत सुनाए । बाढीले क्षति पुर्‍याएका घर, बाटोघाटो, कुलो, नहर, विद्युत गृह, सडक पुल एक एक गरी निरीक्षण गर्दै मन्त्री बोहरा मंगलबार रामारोशन गाउँपालिका–५ को जात्तोला पुगेका छन् ।

खुट्टामा चप्पल, हाप पाइण्ट र मुखमा मास्क लाएका मन्त्री बोहरा लौरो टेकेर हिँड्दैछन् । बाडी जाने बाटो नभएपछि मन्त्री बोहरा लौरो टेकेरै बाढी प्रभावित क्षेत्रमा पुगेका हुन ।