एनआरएन इन्फ्रास्ट्रक्चरको भोलीदेखि शेयर कारोबार हुने, कति छ ओपनिङ मूल्य ?

काठमाडौं – एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको बुधबारदेखि दोस्रो बजारमा शेयर कारोबार सुरु हुने भएको छ ।
कम्पनीको शेयर मंगलबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएसँगै बुधबारदेखि शेयर कारोबार सुचारु हुने भएको हो।
मंगलबार कम्पनीको एक करोड १३ लाख २६ हजार ८२१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ।
शेयर सूचीकरणसँगै नेप्सले कम्पनीको शेयर कारोबारको लागि एनआरएन कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता १०२ रुपैयाँ ६ पैसादेखि ३०६ रुपैयाँ १८ पैसा तोकेको छ।