सुनको मूल्य आज पनि घट्यो

काठमाडौं – सुनको मूल्य आज पनि घटेको छ । आज तोलामा ७०० रुपैयाँले घटेर ९७ हजार २०० मा कारोबार भइरहेको छ ।

आज छापावाल सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत मंगलबार प्रतितोला एक लाख ४०० रुपैयाँमा खरिद बिक्री भएको सुनको मूल्य त्यसयता ओरालो लागेको हो ।

यसैगरी चाँदी भने मंगलबार स्थिर रही सोमबार कै कारोबार मूल्य प्रतितोला एक हजार ३२० रुपैयाँ तोकिएको छ । यद्धपी कोभिड १९ को जोखिम बढिरहेकाले देशका प्राय स्थानमा सुन चाँदी व्यवसाय ठप्प रहेको छ ।