एनएलजी इन्स्योरेन्सको बोलपत्र खोलिँदै

काठमाडौं – एनएलजी इन्स्योरेन्सको बोलपत्र आज खोलीदैछ । कम्पनीको धितोपत्र निष्काशत तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको कार्यलय नयाँ बानेश्वरमा बिहान ११ बजे खोलिनेछ।

कोभिड १९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै आवेदकलाई सहभागि गराई शिलबन्दी बोलपत्र खोल्न असम्भव देखिएकोले र स्वास्थ्य जोखिम पनि बढ्न सक्ने हुँदा लक्ष्मी क्यापिटलको फेसबुक लाइभमार्फत बोलपत्र खोलिने जनाएको छ।

इन्स्योरेन्सले २०७६ फागुन २२ गतेदेखि २०७७ असार २५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहको ८१ हजार २२४.७५ कित्ता र सर्वसाधारण तर्फको ७९ हजार ८५३.२५ कित्ता गत साउन २२ गतेदेखि २९ गतेसम्म बोलकबोल प्रक्रियामार्फत लिलाम बिक्री गरेको थियो।

भदौ ८ गते सोमबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता ७२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।